हङहङविरूद्ध टु जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
ओमान र युएई बिरुद्ध लगातार दुई हार सहित एसिया कप छनोट प्रतियोगिता सुरु गरेको नेपाललाई फाइनल पुग्न आज हङकङमाथि फराकिलो अन्तरको जित आवश्यक हुन्छ।
फाइनलमा पुग्न चमत्कारिक प्रदर्शनको प्रतिक्षामा रहेको नेपालले आज हङकङविरूद्ध ३०० रन भन्दा माथि बनाउनुपर्नेछ।
यो प्रतियोगीतामा अहिलेसम्म युएईले सिंगापुरबिरुद्ध ३१२ रन जोड्नुबाहेक अन्य टोलीले यो आँकडा छुन सकेका छैनन्।
नेपाली ब्याटिङ चल्न नसकेको अवस्थामा र युएईका बलरको प्रदर्शनलाई नियाल्दा दुवै टोली ओमान र नेपाललाई ३०० रन कटाउन मुस्किल छ। यसमा यदि २५० रन मात्र जोडेर भए पनि बिपक्षी टोलीलाई १२५ रनमा समेट्ने हो भने नेपालको रनरेट माथि जानेछ।
त्यसमा पनि आफूले ठूलो अन्तरको जित निकालेर मात्र भएन दोस्रो खेलमा ओमानले युएईलाई पनि सोही अन्तरमा हराउनुपर्नेछ।
यस्तै ओमानले युएईलाई १५० रनमा रोकेमा ओमानले १५१ रनको लक्ष्य २५ ओभर भित्र सके पनि नेपालको रन रेट युएइको भन्दा माथि जानेछ।
अंक तालिकामा ओमानको ७ अंक छ भने युएईको ६ र हङकङको ५ अंक छ।
आज चमत्कार भए मात्र नेपाल फाइनलमा पुग्न सक्छ।