मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत सिंगापुरविरूद्ध खेलिरहेको नेपालले चौथो सफलता हात पारेको छ।
युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिंगापुरका सुरूवाती पाँच ओभरमै तीन विकेट लिएको नेपालले चौथो विकेट लिन २७ औं ओभरसम्म कुर्नुपर्यो।
२७ औं ओभरको चौथो बलमा कप्तान पारस खड्काको बलमा दीपेन्द्र सिंह भरीले रन आएट गरे।
यसअघि सोमपाल कामीले २ तथा ललित नारायण राजबंशीले १ विकेट लिएका थिए।
सिंगापुरले पहिलो ओभरको तेस्रो बलमै पहिलो विकेट गुमाएको थियो। नेपालका लागि ओपनर बलर सोमपाल कामीले उक्त विकेट लिएका थिए।
यस्तै चौथो ओभर बलिङ गर्न आएका ललित नारायण राजबंशीले मेडन विकेट लिएपछि नेपालले दोस्रो सफलता हात पार्यो।
तेस्रो विकेटका रूपमा ४.२ ओभरमा सोमपालले व्यक्तिगत दोस्रो विकेट लिए।
सिंगापुरका लागि अर्जुन मुर्तेजा ३ बल खेल्दै शून्यमा आउट भए भने अर्का ओपनर रोहन रंगाराजनलाई पनि सोमपालले ८ रनको व्यक्तिगत स्कोरमा आउट बनाए।
ललतिले ८ रन बनाएर खेलिरहेका अरित्रा दत्तलाई सुबास खकुरेलबाट स्टम्पिङ गराए।
सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यबंशी र अनिस एडवार्ड पारम अहिले क्रिजमा छन्।
यो सँगै ९ ओभरको समाप्तिमा सिंगापुरले ३ विकेट गुमाएर ३९ रन बनाएर खेलिरहेको छ।
****
आज सिंगापुरलाई फराकिलो अन्तरमा हराउँदै नेपाल उत्कृष्ट २ भित्र पर्दै फाइनलको यात्रा तय गर्ने तयारीमा छ।
एसियाक कप छनोटको आशा जिवितै राख्न आज नेपालले कुनै पनि हालतमा सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ।
यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग हार ब्यहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।
प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरलाई आज ठूलो अन्तरले पराजित गरे अंक तालिकाको नेट रनरेटसमेत सुधार्दै नेपाल शीर्ष दुई भित्र पर्ने सम्भावना रहन्छ। यद्यपी नेपालको जितसँगै अन्य टिको खेलले पनि नेपाललाई प्रभावित पार्ने हुन्छ।
- सन् २००८ (एसीसी एलिट ट्रफी) : नेपाल ६ विकेटले विजयी
- सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-५) : नेपाल १६ रनले विजयी
- सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी
- सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल ५ विकेटले विजयी
- सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) : नेपाल १९० रनले विजयी