कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ र जस्प्रित बुमराह र हार्दिक पान्ड्याको कसिलो बलिङमा भारतले इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा सहज जित निकालेको छ।
नटिंगघम्स्थित ट्रेन्ट ब्रिजमा सम्पन्न तेस्रो टेस्टमा भारतले घरेलु टोलीलाई २०३ रनको फराकिलो अन्तरले हराएको हो। यो जितसँगै भारत खेलमा फर्कदै ५ खेलको सिरिज २-१ मा ल्याएको छ। यसक्रममा भारतका केही रेकर्डसमेत बनेका छन्।
यी हुन् तेस्रो टेस्टमा बनेका ७ रेकर्ड
५२१ रनको लक्ष्य
नटिंगघम्स्थित ट्रेन्ट ब्रिजमा भारतले तेस्रो पारीको समाप्तीमा लिएको अग्रता तेस्रो सबैभन्दा ठूलो र इंल्याण्डविरूद्ध सबैभन्दा ठूलो हो। यसअघि भारतले न्युजिल्यान्ड विरुद्ध सन् २००९ मा ६१६ रनको अग्रता लिएको थियो भने श्रीलंकाबिरूद्ध सन् २०१७ मा ५४९ रनको अग्रता लिएको थियो।
इंग्ल्याण्डविरूद्ध सन् २००७ मा लिएको ४९९ रनको अग्रतानै यसअघि सर्वाधिक रहेको थियो।
विराटको २३औं सतक
कप्तान विराट कोहलीले तेस्रो टेस्टको दोस्रो पारीमा १०३ रनको पारि खेल्दै आफ्नो करियरको २३ औं टेस्ट शतक पुरा गरेका छन्। यस्तै उनले कप्तानको रूपमा १६ औं शतक प्रहार गरेका छन्।
उनले ६९ खेलबाट टेष्टमा २३ औं शतक प्रहार गरेका हुन्। अब उनीभन्दा अगाडि सर्वाधिक धेरै शतक बनाउने कप्तानमा दक्षिण अफ्रिकाका ग्रेम स्मिथ (२५ शतक) र अस्ट्रेलियाका रिक्की पोन्टिङ (१९ शतक) छन्।
विराट कोहलीको ४४० रन
विराट कोहलीले जारी सिरिजमा अहिलेसम्म बनाएको रन इंग्ल्याण्डमा भारतीय कप्तानले बनाएको सर्वाधिक धेरै हो। यो सँगै उनले २८ वर्ष अगाडि मोहम्मद अजरूद्दीनले ३ टेस्ट सिरिजमा बनाएको ४२६ रनको किर्तिमान तोडेका छन्।
खेलाडी | खेल | रन | औषत | १००/५० | उच्च | सिजन |
विराट कोहली | ३ | ४४० | ७३.३३ | २/२ | १४९ | २०१८ |
मोहम्मद अजरूद्दीन | ३ | ४२६ | ८५.२० | २/१ | १७९ | १९९० |
शौरभ गांगुली | ४ | ३५१ | ५८.५० | १/३ | १२८ | २००२ |
महेन्द्र सिंह धोनी | ५ | ३४९ | ३४.९० | 0/४ | ८२ | २०१४ |
विजय हजारे | ४ | ३३३ | ५५.५० | 0/३ | ८९ | १९५२ |
सफल कप्तान
विराट कोहलीले भारतीय टिमको कप्तानीमा ३८ टेस्ट मध्ये २२ निकालेका छन्। यो जितसँगै विराट कोहली महेन्द्रसिंह धोनी पछि सर्वाधिक सफल भारतीय कप्तान बनेका छन्।
धोनीले ६० टेस्टमध्ये २७ मा जित दिलाएका थिए भने तेस्रो नम्बरमा रहेका सौरभ गांगुलीको कप्तानीमा भारतले ४९ मध्ये २१ खेल जितेको थियो।
टेष्ट डेब्यूमा छक्का
टेस्ट क्रिकेटमा डेब्यू गर्दै पहिलो रन छक्काबाट बटुल्ने रिशभ पन्त विश्वको १२ औं तथा भारतका पहिलो खेलाडी बनेका छन्।
उनले आदील राशिदको बलमा दोश्रो बलमै छक्का प्रहार गरेका थिए।
टेष्ट डेब्यूमा सर्वाधिक क्याच
रिशभ पन्तले डेब्यू टेस्टमा ७ क्याच लिएका छन्। जुन कुनै पनि विकेटकिपरले लिएको संयुक्त रुपमा सर्बाधिक धेरै हो।
सर्वाधिक आउट
इशान्त शर्माले एलिस्टर कुकलाई टेस्ट करियरमा ११ औं पटक आउट गरे।
भारतका तर्फबाट कुनै एउटा ब्याट्सम्यानलाई धेरै पटक आउट गर्ने कीर्तिमान कपिल देवको नाममा रहेको छ जसले मुदास्सर नजरलाई १२ पटक आउट गरेका थिए भने ग्राहम गोचलाई ११ पटक।