इंल्याण्डविरूद्धको तेस्रो टेष्टको पहिलो दिन भारतले उत्कृष्ट ब्याटिङ गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिनुअघि ६ विकेट गुमाएर ३०७ रन बनायो।
उसका लागि कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेल्दै ९७ रनको पारी खेले। आफ्नो टेष्ट करियरको २३औं सतक पुरा गर्न ३ रनले चुकेका कोहलीले १५२ बल खेल्दै ११ चौका प्रहार गरे।
कोहलीसँग चौथो विकेटका लागि १५९ रनको साझेदारी गरेका उपकप्तान अजिन्का रहाणेले ८१ रन बनाए। १३१ बल खेलेका उनले १२ चौका प्रहार गरेका थिए।
ओपनर शिखर धवनले ३५ रन बनाए भने केएल राहुल २३ रनमा आउट भए। पुजाराले १४ रन बानएर आउट हुँदा अलराउण्डर हार्दिक पाण्ड्याले १८ रन जोडे।
यस्तै भारतीय टेष्ट क्रिकेटबाट डेब्यू गरेका ऋषभ पन्तले उत्कृष्ट पारी खेलिरहेका छन्। २२ रन बनाएर नटआउट रहेका पन्तले आज भारतका लागि पहिलो छक्का समेत प्रहार गरे।
राहुल द्रविडका चेला पन्तले आफ्नो टेष्ट करियरमा उत्कृष्ट डेब्यू गर्दै सुखद सुरूवात गरेका छन्।
इंल्याण्डका लागि क्रिश वोक्सले ३ तथा आदिल राशिद स्टुअर्ट ब्रोड, जेम्स एन्डर्सनले १-१ विकेट लिए।
एन्डरसनले भारतविरूद्ध १ विकेट लिनुका साथै आफ्नो टेष्ट विकेट संख्या १०० पुर्याएका छन्।