युरोप भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। यसअघि बुधबार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो। भिआरए मैदानमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।
नेपालका लागि सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित सिंह भण्डारीलाई आज खेलाइएको छ। करन केसी, शक्ति गौचन र सरद भेसवाकरलाई आराम गराइएको छ। पहिलो ओडिआईमा ब्याट्सम्यानहरु नचल्दा कम लक्ष्यमै फराकिलो अन्तरले पराजय व्यहोर्नु परेकाले नेपाललाई आज शृंखला बराबर गराउने मौका छ।
पहिलो ओडिआईमा नेपालले सुरुवात राम्रो गरेपनि त्यो लय काम राख्न सकेन्। मध्यक्रममा एकपछि अर्को विकेट गुमाउँदै हार व्यहोर्नु परेको थियो।