नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ।
नेदरल्याण्डस्कै घरेलु मैदानमा टस हारेर पहिले बलिङ गरिरहेको नेपालले नवौ सफलता हात पारेको छ। नेपाललाई नवौ सफलता दिलाउने क्रममा ४६.४ ओभरमा इड्वार्डलाई एलबिडब्लुको धरापमा पारे।
नेपालका लागि कप्तान पारस खड्काले व्यक्तिगत चौथो विकेट लिएका थिए। १० ओभर पुरै बलिङ गरेका खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। नेपालका लागि ओडिआईमा सर्वाधिक विकेट लिने क्रममा कप्तान खड्काले १० ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए।
ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो।
पारसले ४० औं ओभरको दोस्रो बलमा ५१ रनमा मिकेल रिप्पन र सोही ओभरको चौथो बलमा सेन स्नाटरलार्इ खाता नै खोल्न नदिइ बोल्ड गरे।
यसअघि सोमपाल कामीले २ तथा बसन्त रेग्मी र सन्दिप लामिछानेले १-१ विकेट लिए।
सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए।
ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे। कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो। त्यसपछि माइवर्गलाई सन्दीपले बोल्ड आउट गरेका थिए।
त्यसपछि वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए।
त्यसपछि डच टोलीका बास डे लिडलाई सोमपालले ३३.४ ओभरमा विकेट किपर अनिल साहको हातबाट आउट बनाए।
पिटर सिलार ५ तथा माइकल रिप्पोन ४७ रन बनाएर खेलिरहेका छन्।