बाँया हाते स्पिनर कुलदीप यादव र विकेटकिपर ब्याट्मेन रिसभ पन्त पहिलो पटक इंल्याण्डविरूद्ध भारतीय टेस्ट क्रिकेट टोलीमा समावेश भएका छन्।
ट्वान्टी ट्वान्टी र एक दिवसीय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल यी दुई खेलाडीलाई इंग्ल्यान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका हुन्।
२३ वर्षे कुलदीप यसअघि अफगानिस्तानसँग भउको टेष्ट क्रिकेटमा पनि भारतीय टिमबाट खेलेका थिए।
इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक दिवसियमा ६ विकेट लिन सफल भएका थिए।
यता पन्तको भने पहिलो टेष्ट हुनेछ। पन्तलाई दोस्रो विकेटकिपरको रूपमा पनि लिइएको हो।
तेस्रो एक दिवसिय क्रिकेटमा चोटग्रस्त भएका भुवनेश्वर कुमारले टेस्ट खेल्ने सम्भावना कम रहेको बताइएको छ ।
अर्का युवा खेलाडी चेतेश्वर पुजारा र जसप्रिम बुम्रहा पनि ५ मध्ये तीन टेस्ट खेलका लागि टोलीमा समेटिएका छन्।
यद्दपी चेतेश्वर र जसप्रित दोस्रो टेस्टबाट मात्र टोलीमा समावेश हुने बताइएको छ। भारत र इङल्यान्डबीचको पहिलो टेस्ट अगस्ट १ मा सुरु हुनेछ।
इङ्ल्यान्डविरुद्धको तीन टेस्टका लागि भारतीय टोली
- विराट कोहली (कप्तान)
- अजिन्का रहाणे (उपकप्तान)
- शिखर धवन
- केएल राहुल
- मुरली विजयी
- चेतेश्वर पुजारा
- करून नायर
- दीनेश कार्तिक (विकेट किपर)
- रिसभ पन्त (विकेट किपर)
- रविचन्द्रन आश्विन
- रविन्द्र जडेजा
- कुलदीप यादव
- हार्दिक पाण्डेय
- इशान्त शर्मा
- मोहम्मद सामी
- उमेश यादव
- जसप्रित बुम्राह
- सर्दुल ठाकुर।