श्रीलंकाली क्रिकेट टिमका कप्तान दिनेश चान्डिमल, प्रशिक्षक चंदिका हाथुरुसिंघे र टिम व्यवस्थापक असंका गुरुसिंघेलाई प्रतिबन्ध लगाइएको छ।
वेस्टइन्डिज भ्रमणका बेला उनीहरुलाई बल टेम्परिङ गरेको अभियोगमा दक्षिण अफ्रिका विरुद्ध हुने चार वानडे तथा २ टेस्ट क्रिकेटमा निलम्बन गरिएको हो ।
स्वतन्त्र न्यायिक समितिका माइकल बोलेफका अनुसार उनीहरूले खेल भावना विपरीत काम गरेकोले निलम्बन गरिएको हो।
आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आईसीसीको आचार संहिताको धारा २ उपधारा ३ एकको उल्लंघन गरेकाले ८ खेलमा प्रतिबन्ध लगाइएको हो।
जसअनुसार २ टेस्ट, ४ एकदिवसीय तथा २ टी ट्वान्टी रहेका छन् ।
गएको महिना वेस्टइन्डीज भ्रमणका बेला श्रीलंकाली कप्तान चांडीमलमाथि बल टेम्परिङ गरेको आरोप लागेको थियो।