नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर स्वदेश फर्किएका छन्।
उनी गत असार १६ गते ग्लोबल टी–ट्वान्टी क्रिकेट लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका थिए।
भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा गरेको प्रदर्शनले उनी क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्सबाट छानिएका थिए।
दिल्ली डेयरडेभिल्सबाट आइपिएल खेलिसकेका सन्दीप क्यानडा लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा क्रिश गेलको टिमबाट खेल्नेछन्। यसअघि उनले आइसिसि विश्व ११ बाट अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गरिसकेका थिए।