आगामी महिनाबाट रशियामा सुरू हुने विश्वकप फुटबलको तयारीमा जोडतोडकासाथ लागिरहेको अर्जेन्टिनी टोलीलाई मंगलबार ठूलो झट्का लागेको छ।
टोलीका गोल रक्षक सरजियो रोमेरो घूँडाको चोटका कारण मैदान बाहिर बस्नुपर्ने भएपछि टोलीले सो झटका बेहोरेको हो।
अर्जेन्टिना फुटबल एसोसोएसनले यसको पुष्टि गरेको छ।
ब्रूनर्सआयर्सममा प्रशिक्षणका दौरान रोमेरोलाई दायाँ घुँडामा चोट लागेको हो।
'रोमेरोलाई अन्तिम २३को सूचिबाट हटाइनेछ', एसोसिएसनले भन्यो।
३१ वर्षिया रोमेरो अर्जेन्टिनाको फुटबल इतिहासमा देशको प्रतिनिधित्व गर्दै सर्वाधिक खेल खेल्ने गोलरक्षक हुन्।
२०१० तथा २०१४ मा अर्जेन्टिनाकोतर्फबाट विश्वकप खेलेका रोमेरोले देशका लागि कुल ८३ खेल खेलेका छन्।
उनको चोट शल्यक्रियाबाट ठीक हुने बताइएको छ।
त्यहाँको फुटबलसंघले छिट्टै उनको सट्टामा रशिया जाने अर्का गोलरक्षकको घोषणा गरिने जनाएको छ।
विश्वकपसँगै रोमेरोले ३ कोपा अमेरिका खेलेका छन् भने २००८ मा भएको बेइजिङ ओल्म्पिक्समा टिमबाट गोल्ड मेडल समेत जितेका छन्।
रशियामा जुन १६ मा रशियाले आफ्नो समूहको पहिलो खेल आइसल्यान्डविरूद्ध खेल्नेछ।
समूह 'डि'मा रहेको अर्जेन्टिनासँग सो समूहमा क्रोएशिया तथा नाइजेरिया रहेका छन्।