चेन्नई सुपर किङ्सविरूद्ध उत्कृष्ट बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिएका नेपाली युवा सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ दि म्याच भएका छन्।
दिल्लीले चौथो जित दर्ता गर्ने क्रममा उनले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए।
नेपाली युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि अाइपीएलमा दिल्ली डेयरडेभिल्सले चेन्नर्इ सुपरकिंग्सलार्इ ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको छ।
दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन्।
यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए।
दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिए। यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सबै बल खेले। दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रन लिन सकेनन्।
त्यसपछि आफ्नो दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। टिमको ११औं ओभरमा आफ्नो दोस्रो ओभर फाल्न आएका सन्दीपले ६ रनमात्रै खर्चिए। धोनी र रैना तीन-तीन रन सिंगल दौडिएका थिए।
सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे। १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए।
आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो। यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए।
आएका सन्दीपले २ रनमात्रै खर्चिएर १ विकेट हात पारेको ओभरको पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा बिलिङ्सले १ रन लिए। तेस्रो बलमा धोनीले एक लिएर बिलिङ्सलाई स्ट्राइक दिए। तर बिलिङ्सले रन लिन सकेनन्। पाचौ बल पनि डट खेलेका उनले छैठौं बलमा एक लिएका थिए।
यस्तै सन्दिपले आफ्नो चौथो तथा अन्तिम ओभरमा १ छक्कासहित ११ रन खर्चिए। पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए भने दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो बलमा एक रन लिएर धोनीलाई स्ट्राइक छोडेका थिए। धोनीले चौथो बलमा एक रन लिए। पाँचौ बलमा जडेजाले १ रन लिए भने अन्तिम बलमा धोनीले रन लिन सकेनन्।