सन्दिप आइपिएल खेल्न दिल्ली उडे


इन्डियन प्रिमियर लिग आइपिएलको ११औं संस्करणमा सहभागी हुन नेपाली युवा बलर सन्दिप लामिछाने मंगलबार दिल्ली प्रस्थान गरेका छन्।

विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने आइपिएलमा लामिछाने दिल्ली डेयरडेभिल्सबाट खेल्न लागेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन्। दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएको अवसरलार्इ सदुपयोग गर्न सक्दो प्रयास गर्ने बताए ।

यसअघि सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेललनमा बोल्दै लामिछानेले आफ्नो लागि आइपिएलमा खेल्नु ठूलो अवसर भएको बातएका थिए।

‘मैले अवसर पाएको छु । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो गर्‍यो भने म भन्दा धेरै योग्य दाइहरू हुनुहुन्छ। उहाँहरूका लागि बाटो खुल्छ।’

गत माघको दोस्रो साता भएको आइपीएलको अक्सनमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.