नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानको सामना गरिरहेको छ। टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आफ्ना महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।
जसमा ओपनर ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए भने दिलिपनाथ १९ रनमा आउट भए। आरिफ शेख ६ रन बनाइ आउट हुँदा कप्तान पारस खड्का १७ रन बनाएर बोल्ड भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी २० रन बनाई आउट भएका छन्। यो सँगै ३१ ओभरमा नेपालले ५ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ।