नामिवियामा आजबाट सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। घरेलु टोली नामिविया र नेपालबीच आज पहिलो खेल हुँदैछ।
अफिस पार्कमा हुने खेलमा दुबै टोली जितको खोजिमा छन्। नामिविया घरेलु भूमिको मौका उठाउने लक्ष्यमा छ र यसअघि भएको पराजयको बदला लिने रणनीतिमा छ।
पछिल्लो तीन खेलको इतिहासमा नेपालले नामिवियालाई लगातार जित हात पारेको छ। प्रतियोगितामा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, ओमन र क्यानडा रहेको छ ।