भोलिदेखि नामिबियामा सुरू हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा सहभागी हुन नामिबिया पुगेको नेपाली क्रिकेट टिमले कडा अभ्यास गरिरहेको छ।
नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंङ तथा फिल्डिङको अभ्यास गर्यो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि बिहिबार नेपाली समय अनुसा दिउँसो १:१५ बजे आयोजक नामिबियाको सामना गर्दैछ।
दोस्रो खेल शुक्रबार ओमानसँग, तेस्रो खेल आइतबार युएईसँग, चौथो खेल सोमबार केन्यासँग तथा लिगको अन्तिम खेल बुधबार क्यानडासँग खेल्ने कार्यक्रम छ।
डिभिजन-२ को उत्कृष्ट-२ भित्र पर्नेसके नेपाल सन् २०१९ को विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।
यस्तो छ नेपाली टिम:पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिप नाथ, रोहित पौडेल
हेर्नुस नेपाली टिमले मंगलबार गरेको अभ्यासको फोटोहरू ( सबै तस्बिर – रमन शिवाकोटी)