आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपाली टिममा केही परिवर्तन भएको छ। भोलिबाट प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको नेपाली टिमको सुरूवाती २१ खेलाडीमा युवा खेलाडी रोहित पौडेल, सुनिल धमला र अनिलकुमार शाहले स्थान बनाउदा पछिल्लो पटक खराव फर्ममा रहेका सागर पुन, विनोद भण्डारी र महबुब आलम परेका छैनन्।
नामिवियामा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले आइसीसी प्रतिनिधि आम्युल इस्लाम र कप्तान पारस खड्को छनोट समितिले २१ जना खेलाडी छानेको हो।
बारम्बार ब्याटिङमा असफल भएका सागर पुन, मेहबुब आलम र विनोद भण्डारी फालिएका छन्।
हालै काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिगमा गरेको प्रदर्शनका आधारमा केही नयाँ र युवा प्रतिभालाई टिममा स्थान दिइएको हो।
यी हुन् प्रारम्भीक छनोटमा परेका २१ खेलाडीहरू
- अनिल कुमार साह
- बसन्त रेग्मी
- दिलप नाथ
- दीपेन्द्र सिंह ऐरी
- दीपेश श्रेष्ठ
- ज्ञानेन्द्र मल्ल
- करन केसी
- किशोर महतो
- ललित भण्डारी
- ललितनारायण राजबंशी
- मोहम्मद आरिफ शेख
- पारस खड्का
- रोहितकुमार पौडेल
- रासिद खान
- सन्दिप लामिछाने
- शक्ति चौचन
- शरद भेसवाकर
- सिद्धान्त लोहनी
- सोमपाल कामी
- सुनिल धमला
- शुसन भारी