एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि विराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ।
विराटनगरले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ। उसले ११ अाेभरकाे समाप्तिमा १ विकेट गुमाउँदै ७५ रन बनाएकाे छ।
कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।खराब सुरुवात गरेको भैरहवाको सम्मानजनक स्कोरको लागि आरिफ शेख र पुनित मेहेराले सम्हालिएको प्रदर्शन गरेका थिए । १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भैरहवाका लागि शेख र मेहेराले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। शेख ४६ रनमा क्याच आउट भए। उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। मेहेरा ४९ रनमा आउट भए।
यस्तै भैरहवाका कप्तान शरद भेषवाकर ८ रनमा आउट हुँदा राहुल यादव ७, प्रथम सालुन्के ३ तथा भुपेन्द्र थापा २ रन बनाएर आउट भए। विराटनगरका करण केसी र सहान अदिशाले समान २ – २ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान १ – १ विकेट लिए।