एभेरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहिबारको पहिलो रोमाञ्चक खेलमा भैरहवा ग्लाडियटर्सले ललितपुर प्याट्रियट्सललाई हराएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले पाएको १४२ रनको लक्ष्य अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको थियो।
भैरहवाका लागि भारतीय खेलाडी पुनित विष्टले अर्धसतकीय पारी खेलेका थिए। उनले ३८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे। यस्तै बिस्फोटक ब्याटिङ गरेका रोहित पौडेलले ११ बलमा १ छक्का र ५ चौकासहित ३१ रन बनाए। आरिफ शेखले भैरहवाका लागि अभिजित २७ रनको योगदान दिए।
ललितपुरका योगेश नागरले २ तथा सन्दिप लामिछाने र सुबोध भातीले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएका थियो। ललितपुरका लागि योगेश नागर ३३ बलमा ५४ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २९ बलमा ३ छक्का हान्दै ४२ रन बनाएका थिए।
खराव सुरुवात गरेको ललितपुरले एक रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि ३९ रन हुदा ललितपुरको तीन विकेट झरेको छ । ललितपुरका लागि भारतीय खेलाडी योगश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे । भैरहवाका दीपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले १-१ विकेट लिएका थिए।
आजको जितसँगै भैरहवाले लगातार दोस्रो खेल जित्दै ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।