ललितपुर प्याट्रिओट्सले सोमबारदेखि राजधानीमा सुरू भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ।
इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
ललितपुरका लागि भारतीय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाको अविजित ४४ रन बनाएपछि ललितपुरले ९० रनको लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
४८ बल खेलेका जयकिसनले ४ चौका र २ छक्का प्रहार गरेका थिए। कप्तान ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए।
काठमाडौंकालागि श्रींलंकाली खेलाडी अक्षु फर्नान्डोले २ तथा सोमपाल कामीले १ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटिएको थियो।
ललितपुरका लागि भारतिय फास्ट बलर सुबोध कुमार भाटीले ४ तथा नेपाली स्पिनर ललित नारायण राजवंशीले ३ विकेट लिए।
प्रतियोगिताअन्तर्गत भोलिको पहिलो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज र दोस्रो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ।
https://youtu.be/_nT1MmMytSw