इपिएलः ललितपुरलाई काठमाडौंले दियो ९० रनको लक्ष्य


एभरेष्ट प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनले ललितपुर पाट्रिओट्सलाई ९० रनको लक्ष्य दिएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनायो। उसका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए। श्रीलंकन् खेलाडी अक्सु फेर्नान्डो १५ र सोमपाल कामीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका लागि भारतीय खेलाडी सुबोध भातीले ४ विकेट लिए।  ललित राजबंशीले ३ विकेट लिँदा मेहबुब आलमले २ विकेट लिए। ललितपुर टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गरिरहेका छन भने काठमाडौको कप्तानी श्रीलङकाका खेलाडी फरवेज महारूफले गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.