घरेलु क्रिकेटमा सबैभन्दा ठूलो राष्ट्रियस्तरको प्रतियोगिता मानिएको एभरेष्ट प्रिमियर लिग क्रिकेट आजदेखि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा सुरू हुँदैछ।
सोमबारको उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्स र काठमाडौं किंग्स बिहान ११ बजेदेखि खेल्नेछन्।
खेल हेर्नका लागि साधारण दर्शकलाई टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिँएको आयोजकले जनाएको छ।
प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रिय स्तरको देखाउन विशेष सजावट गरिएको छ।
मैदानको सजावट, थ्रीडी विज्ञापन म्याट लगायत ब्यवस्था गरिएको छ जसको लागि इन्डियन प्रिमियर लिग तथा विश्वकप क्रिकेटको अनुभव भएका ब्यक्तिहरुको सहयोग लिएको आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।
मैदानमा खेलाडीहरु बस्ने अन्तर्राष्ट्रिय स्तरको डगाउट, पेभेलियनको ब्यबस्था गरिएको छ भने भीआईपी, भीभीआईपी तथा मिडियाको लागि छुट्टाछुट्टै एरियामा बस्न बिशेष सुबिधा प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
दर्शकहरुको प्रत्यक्ष सहभागितामा हरेक दिन मनोरञ्जन कार्यक्रम गरिने समेत जानकारी गराइयो। मैदानमा प्रत्यक्ष प्रशारणको लागि १६/९ फिटको एलईडी स्क्रिन, थर्ड अम्पाएर, चियर्स लिडर, साउण्ड सिस्टम आदिको ब्यबस्थासमेत गरिएको छ।
१२ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।
लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। प्रतियोगिताको बिजेताले नगद २१ लाख रूपैया पुरस्कार पाउनेछ।
टी-२० फर्म्याटमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले १ जना खेलाडी मार्की खेलाडीको रुपमा लिएका थिए। १० जना खेलाडी अक्सनबाट खरिद गरेका थिए भने कम्तिमा ३ जना बिदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार सबै टिमले आपसी समझदारीमा खेलाडीहरु भित्र्याएका छन्। थप एकजना खेलाडी ट्यालेन्ट हन्ट मार्फत छानिएका छन्।
सहभागी टिमबिराटनगर वारियर्स
पारस खड्का (कप्तान, मार्की खेलाडी), आकाश बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी, अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (बिदेशी), अन्स्युमन राथ (बिदेशी)
चितवन टाइगर्सदिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), पृथु बास्कोटा (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, आकाश थापा (ट्यालेन्ट हन्ट), प्रबिण गुप्ता (बिदेशी), साबेज खान (बिदेशी), प्रमेश कुमार (बिदेशी)
काठमाडौं किंग्स ईलेवेनसोमपाल कामी (मार्की खेलाडी), नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला, फरभेज महरुफ (कप्तान, बिदेशी), अक्षय फर्नान्डिज (बिदेशी), सागर कुमार (बिदेशी)
ललितपुर प्याट्रियट्सज्ञानेन्द्र मल्ल (कप्तान, मार्की खेलाडी), मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान, सोनु तामांग, प्रतिस जिसी (ट्यालेन्ट हन्ट), रित गौतम (ट्यालेन्ट हन्ट), सुमित झा (ट्यालेन्ट हन्ट), बिपिन आचार्य (ट्यालेन्ट हन्ट), योगेश नागर (बिदेशी), सुबोध भाटी योगेश नागर (बिदेशी), जयकिशन अनिलकुमार कोलसावाला योगेश नागर (बिदेशी)
पोखरा राइनोजशक्ति गौचन (कप्तान, मार्की खेलाडी), बिनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, बिपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, नुर्धोज सेन, बिक्रम सोब, असिफ अलि (बिदेशी), इन्स्रार उल्लाह (बिदेशी), तास अलि (बिदेशी)
भैरहवा ग्ल्याडीयटर्सशरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरि शंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा