आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भोलि हुने युएईसँगको दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले खेल्न नसक्ने भएका छन्।
नेपाली टिमका व्यवस्थापक रमण शिवाकोटीले दिएको जानकारी अनुसार मंगलबार अभ्यासका क्रममा घाइते भएका ऐरी भोलिको खेलमा खेल्न नसक्ने भएका हुन्। उनको ठाउँमा वैकल्पिक खेलाडीको रूपमा युएई गएका अनिलकुमार साहलाई टिममा राखिएको छ।
नेपाल पहिलो खेलमा बुधबार युएईसँग ७ विकेटले पराजित भएको थियो। च्याम्पियनसिपको शीर्ष ४ टीममा पर्ने सम्भावना सकिएका दुवै टोली डिभिजन टूमा झरिसकेका छन्।