नेपाललाई दोस्रो सफलता, युएईका ६२ रन बनाउने मुस्ताफा आउट LIVE


आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले दिएको २२२ रनको लक्ष्य पक्ष्याएको घरेलु टिमले दोस्रो विकेट गुमाएको छ।

४२ रन हुँदा पहिलो विकेट गुमाएको युएईले १२३ रन हुँदा आफ्नो महत्वपूर्ण विकेट गुमायो। यसअघि अस्फाक अहमद १९ रनमा आउट भएका थिए।

युएईको दोस्रो विकेट शरद भेसवाकरले लिएका हुन्। युएईका लागि ६२ रन बनाएका मुस्ताफालाई भेसवाकरले विकेट किपर दिलिपनाथको हातबाट क्याच गराए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.