आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरूद्ध नेपालले छैठौं विकेट गुमाएको छ।
आवुधावीको सेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले छैठौं विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो।
४५ ओभरको पहिलो बलमा उनी १९ बल खेलेर २० रन बनाउँदै आउट भए।
यसअघि नेपालले पाँचौ विकेटका रूपमा विनोद भण्डारीलाई गुमाएको थियो। भण्डारीले ६ बल खेलेर ४ रन बनाएर आउट भए।
यसअघि चौथो विकेटको रूपमा आरिफ शेखलाई शून्यमा गुमाएको थियो। ६ बल खेलेका उनी ३६.१ ओभरमा रन आउट हुन पुगे।
यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल ५४, कप्तान पारस खड्का २० र दिलिप नाथ १६ रनमा आउट भए।
नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए। सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुँदा पहिलो विकेट गुमायो। ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे।
त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसँग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। तर, नेपालको स्कोर ८४ रन हुँदा दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ल आउट भए। राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रन बनाएर आउट भए।
त्यसपछि आएका कप्तान पारस खडकाले शरदसँग मिलेर ३८ रनको साझेदारी गरेका थिए। तर पारस २० रनमा आउट भएपछि नेपालले १२२ रनमा तेस्रो विकेट गुमायो।
त्यसपछि क्रिजमा आएका आरिफ शेख खाता खोल्न नपाँउदै रन आउट भएपछि नेपालले १ सय २६ रनमा चौथो विकेट गुमायो।
https://youtu.be/jFV1THQcD-w