आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरूद्ध शरद भेसवाकरले ५० रन पुरा गरेका छन्।
ओपनर दिलिप नाथ आउट भएपछि १४.६ ओभरमा क्रिजमा आएका भेसवाकरले ७४ बल खेल्दै अर्धसतक पुरा गरेका हुन्।
उनले २ चौकासमेत प्रहार गरे।
यसअघि ओपनर ज्ञानेन्द्र मल्लले पनि अर्धसतकीय पारी खेलेका हुन्। उनले ८३ बल खेल्दै ६ चौकाको सहयोगमा ५३ रन बनाउका थिए।
पारस खड्का २० रन बनाएर आउट भए भने ओपनर दिलिप नाथ १६ रनमा पवेलियन फर्किए। आरिफ शेखलाई शून्यमा गुमाएको नेपालले विनोद भण्डारीलाई ४ रनमा गुमायो।
हेर्नुहोस् LIVE
https://youtu.be/jFV1THQcD-w