ईपीएलमा यस्तो देखिनेछ टियु मैदान #NepalVotes #NepalElection2017 ईपीएलमा यस्तो देखिनेछ टियु मैदान

ईपीएलमा यस्तो देखिनेछ टियु मैदान


आगी पुस ३ गतेदेखि राजधानीमा सुरू हुने एभरेस्ट प्रिमियर लिग टी-२० प्रतियोगिताको लागि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप फरक देखिने भएको छ।

मैदानको मुख्य प्रवेशद्वार, खेलाडी बस्नेत ठाउँ, दर्शक बस्ने ठाउँ, भिआइपीको स्थान र मैदानसम्म यसपाली मैदानमा फरक हुने भएको छ।

आयोजकका अनुसार दर्शकहरुले पहिलो पटक नेपाली घरेलु क्रिकेटमा १६/९ को एलईडी स्क्रिन मैदानमा देख्न पाउनेछन्। यस्तै चियरलिडर्सको नृत्य तथा दिनहुँ सांगीतिक प्रस्तुतीको मजा लिन पाउनेछन्।

ईपीएल टी-२० को खेल हेर्न दर्शकले रु. १०० ( बिद्यार्थीको लागि रु. ५० ) को टिकट काट्नुपर्नेछ जसमा दर्शकहरुले यो पटक एकै दिन २ वटा टि-२० खेल तथा विविध मनोरन्जन पाउने आयोजकले जानकारी दिएको छ।

६ वटा फ़्रेन्चाइज् टोलीले सहभागी जनाउने प्रतियोगितामा पहिलो पटक थर्ड अम्पायर तथा मैदानमै टिभी रिप्लेको दृश्य समेत राखिने भएको छ।

प्रतियोगिताको लागि मैदानलाई पहिले भन्दा फरक लुक दिन आयोजकले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा काम गरिसकेका ब्यक्तिहरुलाई नेपाल झिकाउने भएको छ जसले मैदानलाई अन्तर्राष्ट्रिय स्तरको लुक दिन सघाउनेछन्।

ईपीएल आयोजकले आज टियु मैदान कस्तो देखिने भनेर मैदानको थ्री-डी लुक सार्बजनिक गरेको छ-

हेर्नुहोस् तस्बिरमा

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.