नेपालले केन्यालाई ११० रनमा रोकेको छ। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अन्तिम चरणको खेलको तयारीमा रहेको नेपालसामु अभ्यास खेलमा केन्याले १११ रनको सामान्य लक्ष्य दिएको हो।
आवुधावीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरको खेलमा ३२.२ ओभरमा अलआउट हुँदै ११० रन बनाउन सक्यो।
आक्रमक सुरूवात गरेको केन्यालर् ५४ रन हुँदा पहिलो विकेट गुमाएको थियो। तर बाँकी १३ रन बनाउँदा थप चार विकेट गुमायो।
ओनरद्धय एलेक्स ओबान्डाले २५ तथा रुसाव पटेलले २७ रन बनाउँदा त्यसपछि ब्याटिङमा आएका तीन खेलाडीले दोहोरो अंक जोडन सकेनन्।
केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका ललित भण्डारी एकै ओभरमा केन्याका तीन खेलाडीलाई पवेलियन फर्काएका थिए। केन्याको स्कोर ६८ रन हुँदा महत्वपूर्ण ६ विकेट गुमाइसकेको थियो।
केन्याका लागि गुरदिप सिंहले २२ रन बनाए । एक सय पाँच रन बनाउँदा सात विकेट गुमाएको केन्याविरुद्ध सन्दिपले लगातार दुई विकेट लिदै उसको पारीलाई खुम्च्याएका थिए। जसका कारण केन्याले २९ ओभरमा एक सय पाच रन बनाउदा नौ विकेट गुमाइसकेको थियो ।
नेपालले आज मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसन्त रेग्मीलाई बेन्चमा राख्दै युवा खेलाडीलाई खेलाएको थियो। शरद भेषवाकरको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो ।
बलिङ तर्फ नेपालका ललित भण्डारीले चार तथा आरिफ शेख र सन्दिप लामिछानेले दुई विकेट लिए।