क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित) #NepalVotes #NepalElection2017 क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित)

क्यानले छान्याे दाेस्राे चरणकाे प्रशिक्षणमा २० खेलाडी(नामसहित)

टाेलीमा परेनन् नरेश र अनिल


विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईविरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ। बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० सदस्यीय टोलीकाे घोषणा गरेकाे छ।

यस टाेलीमा नरेश बुढायर र अनिल मण्डल पर्न असफल भएका छन्। भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन्।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला पनि टिममा परेनन्। सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो। तर दोस्रो खेल वर्षाका कारण उनी खेल्न पाएनन् ।

बन्द प्रशिक्षणमा रहेका महबुब र शौरभ भने चोटका कारण टिममा छैनन् ।

कप्तान पारस खड्का नेतृत्वको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन्।

यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा छन्।

नेपाल र युएईबीचकाे खेल अागामी डिसेम्बर ६ र ८ तारिखमा हुँदैछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.