बंगालादेशसँग भारत हारेपछि नेपाल सेमिफाइनलमा (तस्बिरहरू)

मलेसियामा जारी यु १९ एसिया कपको सेमिफाइनलमा पहिलो पटक पुग्न सफल नेपाली खेलाडीहरू मंगलबार मलेसियालाई ८ विकेटले हराएपछि खुसियाली मनाउँदै। तस्बिरः रमन सिवाकोटी/क्यान


मलेसियामा जारी यु १९ एसियन कपको सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई समूहको अन्तिम खेलमा ८ विकेटको हराएको थियो। समूह एकै अर्को खेलमा बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ८ विकेटले नै हराएपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो।

नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा भारतमाथि ऐतिहासिक १९ रनको जित आत्मसात् गरेको थियो ।

समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षा भएपछि २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चुनौती नेपालले ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । योसँगै समूह ए बाट मलेसिया र भारत समूह चरणबाटै बाहिरिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.