मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ।
अहिलेसम्म १४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै नेपालले ३८ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि आसिफ शेखले १३ बल खेलेर ३ रन बनाए। यस्तै १२ बल खेलेका अनिलकुमार साहले ६ रन बनाएर आउट भए।
भारतका लागि आदित्य थाक्रेले दुबै विकेट लिएका थिए।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पराजित गरेको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले पराजित भएको थियो। एसिया कपअन्तगर्त भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो।