भारतीय प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले टी-ट्वान्टीफमा नयाँ कीर्तिमान बनाएका छन्। बुधबार न्युजिल्यान्डविरुद्ध सुरू भएको टी–२० शृंखलामा उनले सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।
कानपुरमा तेस्रो एकदिवसीयमा १ सय ३८ बलमा १ सय ४७ रन बनाएका रोहितले टि–२० को पहिलो खेलमा पनि ५५ बलमा ४ छक्का र ६ चौकाको सहयोगले ८० रन बनाए। उनको शिखर धवन (८०) को पहिलो विकेटका लागि १ सय ५८ रनको साझेदारीका कारण भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनाएको थियो।
उनी यही खेलमार्फत टी–२० मा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। उनले सुरेश रैनाको कीर्तिमानलाई पछाडि छोड्ने क्रममा टी–२० मा २ सय ६६ छक्का पुरा गरे।
रैनाको नाममा यसअघि २ सय ६५ छक्काको कीर्तिमान थियो। टि–२० मा सर्वाधिक छक्काको कीर्तिमान वेष्ट इन्डिजका क्रिस गेलको नाममा छ। उने ३ सय ९ खेलमा ७ सय ७२ छक्का प्रहार गरेका छन्।
रोहितले टि–२० मा १३ सय रन पुरा गरेका छन्। उनी टि–२० मा सर्वाधिक रन बनाउने दोस्रो भारतीय ब्याट्सम्यान हुन्।