न्युजिल्यान्डविरुद्धको तीन एकदिवसीय सिरिज भारतले २–१ ले जितेको छ। कानपुरमा आइतबार भएको तेस्रो तथा निर्णायक एकदिवसीयमा भारतले न्युजिल्यान्डलाई ६ रनले हराउँदै सिरिजमाथि कब्जा जमाएको हो।
पहिले ब्याटिङ गर्दै भारतले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन मात्र बनाउन सक्यो।
न्युजिल्यान्डका लागि कोलिन मुर्नोले ७५, केन विलियमसनले ६४ र टम लाथमले ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। उसलाई रोक्न भारतका जसप्रित बुमराहले ३ र युजवेन्द्र चहालले २ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत कप्तान विराट कोहली र प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको सतकीय प्रदर्शनले भारतले ६ विकेट गुमाएर ३३७ रन बनाएको थियो।
कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रन बनाएका थिए। यी दुईले दोस्रो विकेटका लागि २ सयभन्दा ३० रनको साझेदारी गरेका थिए।
यस्तै महेन्द्रसिंह धोनीले २५ रन बनाए । केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए ।
न्यूजिल्याण्डका लागि टिम साउथी, मिल्ने र सान्टनेरले २–२ विकेट बाँडेका थिए।