भारतमा भएको खो-खो विश्वकपमा उपविजेता बनेका नेपालका महिला र पुरूषका दुवै टोली नेपाल फर्किएका छन्।
उनीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो।
आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपालका टोली उपविजेतामा सीमित बनेका थिए।
महिलातर्फ भारतसँग ७८-४० अंकले पराजित हुँदा नेपाल विश्व च्याम्पियन हुन सकेन। नेपालले यसअघि सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो।
विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए। जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।
विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए। जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।
नेपाल पुरूषतर्फको उपाधि भिडन्तमा पनि भारतसँगै नै हार्यो। भारतले नेपाललाई फाइनलमा ५४-३६ अंकले पराजित गर्यो। २० टिम सहभागी पुरुषतर्फ नेपाल समूह ‘ए’ मा उपविजेता बन्यो। अन्तिम आठमा नेपालले बंगलादेश र सेमिफाइनलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो।
खो-खोको विश्वकप पहिलो पटक आयोजना भएको हो।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी