राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका अवसपारी तुलसीपुरमा ‘छिल्लीकोट दौड’ प्रतियोगिता आयोजना भयो ।
तुलसीपुर उपमहनगरपालिका – १८ दुधरासदेखि १२ किलोमिटर उत्तरको पहाड छिल्लीकोटसम्म धावन दुरी कायम गरिएको थियो।
दौड प्रतियोगितामा प्रथम नेपाली सेनाका रामजी बस्नेत भए । उनले प्रमाण पत्रसहित २० हजार पुरस्कार पाए । द्वितिय स्थान तुलसीपुर – ४ स्थित गुरुजजुर नमुना माविका विद्यार्थी विशालकुमार महतले हासिल गरे । उनले १५ हजार पुरस्कार पाए । त्यस्तै दौडमा सेनाका एकेन्द्र काकी तृतिय हुँदा दश हजार पुरस्कार पाए । सेनाकै खगिसरा रावल सान्त्वना भइन्।
तुलसीपुर उपमहानगरपालिका र रणसिंह दल गणको संयुक्त आयोजना तथा नेपाली सेना १९ बाहिनीको समन्वयमा छिल्लीकोट दौड आयोजना गरिएको थियो ।
दौडमा सहभागिहरुलाई पुरस्कार वितरण पछि सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले छिल्लीकोट बिगतमा गढीकारुपमा प्रयोग गरिएको हुँदा त्यो ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् गर्न जरुरी रहेको बताए ।
ऐतिहासिक, धार्मिक महत्वको छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साहासिक खेल जीपलाइन सञ्चालनमा आएको , होमस्टेहरु खुलेको बताए । त्यस्तै उनले खानेपानी, विद्युत र सडक पूर्वाधार निर्माणकै चरणमा रहेको बताएका थिए।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दौड प्रतियोगिताले खेलाडीमा उत्साहका थप्नुका साथै छिल्लीकोटको प्रचार प्रशारमा टेवा पुगेको बताएका थिए ।
तुलसीपुर – १९ का वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको इतिहासलाई परिचित गराउने अवसर दिलाएको चर्चा गरेका थिए ।
छिल्लीकोटमा बिक्रमसम्बत १५५० देखि मेघनाथ शाहले राज्य सञ्चालन गरेको इतिहास छ। छिल्लीकोटका अन्तिम राजा वीरभद्र शाह थिए। छिल्लीकोटमा १५५०देखि १८४३ साल अर्थात दुइ सय ९३ वर्ष राज्य शाह वंशका राजाहरुले राजकाज चलाएका थिए ।
१८४३ कार्तिक १९ गते दामोदर पाण्डे,जगतजित पाण्डे,सर्दार प्रबल राना, सुब्बा फौद सिंह खत्रीसहितको टोलीले बिनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरि नेपालमा गाभिएको इतिहासमा उल्लेख छ।