श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वागत गरिएको छ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई खादा, टीका र जमरा लगाइदिएर स्वागत गरिएको हो।
शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो। असोज २० गतेदेखि सुरू भएको प्रतियोगिता शनिबार सकिएको हो।
हेर्नुहोस् तस्बिरहरूः






