१३औं दक्षिण एसियाली खेलकुद (साग) को काठमाडौंको दशरथ रंगशालामा मंगलबार समापन भएको छ।
पुरुष फुटबलको फाइनलपछि भएको समारोहमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले १३औं साग समापन भएको घोषणा गरेका थिए।
त्यसअघि सातै देशका खेलाडीहरुले मार्च पास गरेका थिए। नेपालको तर्फबाट पौडीबाट ऐतिहासिक चार पदक जितेकी गौरिका सिंहले झण्डा बोकेकी थिइन्।
समापनपछि नेपालले १४औं सागको आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको थियो।
अब पाकिस्तानले दुई वर्ष पछि १४औं साग आयोजना गर्नेछ।
औपचारिक कार्यक्रमपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सांस्कृतिक प्रस्तुती दिएका थिए। यस्तै विद्यार्थीले पनि नेपालका विभिन्न राष्ट्रिय गीतको धुनमा नृत्य प्रस्तुत गरेका थिए।
यस्तै ड्रोनबाट लाइटको साहराले आकासमा नेपालको झण्डा,नक्सा बनाएर पनि देखाइएको छ। जसका लागि आकासमा एकै पटक १५० भन्दा बढी ड्रोन उडाइएको थियो।
१० दिनसम्म काठमाडौं, पोखरा र जनकपुरमा २६ खेलमा सार्क राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
जहाँ भारतले सबैभन्दा बढी १७४ स्वर्ण, ९३ रजत र ४५ कास्य गरी कुल ३१२ पदक जित्यो। नेपाल दोस्रो स्थानमा रह्यो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक जित्यो। तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कास्य गरी कुल २५१ पदक हात पार्यो।
चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य गरी कुल १३१ पदक हात पार्यो।
पाँचौ स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी कुल १३८ पदक जित्यो। माल्दिभ्सले १ स्वर्ण र ४ कास्य गरी ५ पदक हात पार्यो गर्दै छैटौं हुँदा भुटान ७ रजत र १३ कास्य गरी २० पदकका साथ पुछारमा रह्यो।
तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


