अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलाई


नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारत गोरखपुरका शैलेश पहलवानले हासिल गरेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए । पहिलो स्थानका शैलेशले नगद  पाँच हजार रुपैयाँसहित मेडल प्राप्त गरे भने द्वितीय स्थान ल्याउन सफल राधेले नगद  तीन हजार रुपैयाँसहित मेडल प्राप्त गरे।

दशैंको अवसरमा नवदुर्गा पूजा समिति भुजहवाका आयोजनामा भएको प्रतियोगितामा नेपाल–भारतका गरी ३० पहलवानको सहभागिता रहेको थियो ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.