भारतीय कप्तान कोहली शुन्यमा आउट


अष्ट्रेलियाविरुद्धको पाँच खेलको एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा भारतीय कप्तान विराट कोहली डकआउट भएका छन्।

चेन्नईमा भइरहेको सो खेलमा ओपनर अजिंक्या रहाने पाँच रनमा क्याच आउट भएपछि ब्याटिङ गर्न आएका कोहलीले चार बल खेलेका थिए।

तर उनले एक रन पनि बनाउन सकेनन्। कोहली म्याथन कुल्टरनायलले फालेको बाहिर गइरहेको बलमा ड्राइभ गर्न खोज्दा पोइन्टमा ग्लेन म्याक्सवेलद्वारा क्याचआउट भएका हुन्।

कोहली आउट भएपछि आएका मनिष पाण्डे पनि दोस्रो बलमै शुन्यमा आउट भएका छन्। टस जितेर पहिले ब्याटिङ गरेको छैठौं ओभरमा ३ विकेटको ११ रनमा सीमित छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.