साफ यू- १५को उपाधिका लागि नेपाल र भारतबीच खेल सुरू

फाइल तस्बिर।


यु – १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधीका लागि नेपाल र भारत अहिले भिडिरहेका छन्।

एन्फा कम्पलेक्स सातदोबाटोमा ३ बजेबाट खेल सुरु भएको हो। यसअघि समूह चरणमा भारतसँग हारेको नेपाललाई आज बदला लिने अवसर छ। यसअघि यु-१६ स्पर्धामा नेपाल दुईपटक भारतसँग हारेको थियो।

नेपाल एकपटक सेमिफाइलनमा रोकिएको थियो भने अर्कोपटक फाइलनमा निराश भएको थियो। नेपाली प्रशिक्षक सुनिलकुमार श्रेष्ठले आज नेपालले सटपास खेल्ने बताएका छन्।

नेपालको डिफेन्डर र गोलकिपरबीच तालमेल मिल्न सकिरहेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.