फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो, ब्राजिल शीर्ष स्थानमा


नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको यो महिनाको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा उक्लिएको हो।

सार्क देशमा एक स्थान तल झरेर पनि भारत सबैभन्दा माथि ९७ औं स्थानमा छ । यस्तै माल्दिभ्स १४२ औं स्थानमा पुग्दा अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं स्थानमा झरेको छ।  नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १६५ औं स्थानमा पुगेको छ।

नेपालभन्दा तल रहेको बंगलादेश एक स्थानमाथि उक्लिदै १८९ औं स्थानमा छ भने श्रीलंका १९७, पाकिस्तान २०० औं स्थानमा छ ।

यस्तै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ। रूस विश्वकपमा स्थान बनाएको ब्राजिल, जर्मनीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । जर्मनी दोस्रो स्थानमा झरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.