आयोजक पथरी स्पर्टिङ क्लबलाई ट्राइब्रेकरमा हराउँदै जिबी रबर मंगलबारे मोरङको पथरीमा आयोजित मोरङ नकाउट च्याम्पिन फुटवटको सेमिफाइनलमा प्रवेश गरेको छ। पथरी स्पोर्टिङ क्लबको खेल मैदानमा आइतबार भएको खेलमा पथरी स्पोर्टिङ क्लब पथरीलाई ट्राईबेकरमा ४ का बिरुद्घ २ गोलले हराउँदै जिबी रबर मंगलबारे फुटबल क्लबले अन्तिम चारमा स्थान सुरक्षित पारेको हो।
खेलको आठौं मिनेटमा पारस लिम्बुको गोलबाट अग्रता लिएको पथरीले पहिलो हाफको इन्जुरी समयमा गोल खाँदै बराबरीमा पुग्यो।
त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईबेकरबाट गरिएको हो। ट्राईबेकरमा पथरीका युगेस तामाङ र मीन धिमालले गोल गरे भने पारस लिम्बुका बल विपक्षी गोल किपरले रोकेका थिए। सुबास तामाङको प्रहार बाहिरिएपछि पथरी पछाडि पर्यो।
मंगलबारेबाट विजय धिमालको प्रहार बाहिरिए पनि सन्तोस न्यौपाने, मिक्चेन तामाङ, सुरेन थापा र रोमन दनुवारले गोल गरेपछि सहज जित हात पारेको हो।
सोमबार जदाहा फुटवल क्लव जदाहा र जाँते फुटवल क्लब जाँते बिच खेल हुने आयोजकले जनाएको छ।
राखेप र एन्फाले कुनै पनि खेल खेलाउन नसकेको भन्दै मोरङका खेलाडीहरू आफैं अगाडि सरेर राष्ट्रिय रेफ्री बोलाएर खेल खेलाएका हुन्।
एन्फाको गतिविधि शून्य भएको बेलाम प्रतिभाशाली खेलाडीहरू बाहिरिने क्रम बढेकाले हामीले आफैं बाजी खेललाई दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय रेफ्रि र खेलाडी बोलाएर खेलेका हौ,’ राष्ट्रिय खेलाडी दीपक राईले सेतोपाटीलाई बताए।