खुला गल्फ च्याम्पियनसीप शनिवार हुने  


रोयल नेपाल गल्फ क्लबको आयोजनामा खुला गल्फ च्याम्पियनसीप–२०१७ यही शनिवार हुने भएको छ ।  असार २४ गते हुने एकदिने च्याम्पियनसीपमा १ सय भन्दाबढी एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुष, महिला, सिनियर, जुनियरलगायतका विधामा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिताका विजेतालाई ट्रफिका साथै गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । उक्त प्रतियोगिताको खेल आयोजक क्लबको आफ्नै मैदानमा हुनेछ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.