भारतीय हकीका पूर्व कप्तान सरदार सिंहमाथि लन्डनमा यौन शोषणको आरोप


भारतीय हकी टिमका पूर्व कप्तान सरदार सिंहमाथि यौन उत्पीडनको मुद्दा बेलायतमा दायर भएको छ। उनको पूर्व प्रेमिका तथा भारतीयमूलकी बेलायती खेलाडी अशपाल भोगलले लिड्सको प्रहरी थानामा उनीविरुद्ध यौन उत्पीडनको मुद्दा दायर गरेकी हुन्।

उनीविरुद्ध मुद्दा दायर भएपछि बेलायती प्रहरीले सोधपुछका लागि बोलाएको छ। अशपाल भोगलले प्रहरीमा दर्ता गरेको रिपोर्टमा उनीमाथि सरदार सिंहले भारत र इङ्ल्यान्डमा यौन शोषण गरेको आरोप लगाइएको छ। उनीमाथि भारतमा पनि मुद्दा दायर छ। उनीविरुद्ध यौन शोषणको मुद्दा दायर भएपछि हकी टिमको कप्तान पदबाट बर्खास्त गरिएको थियो।

सरदार सिंह यतिबेला लन्डनमा हकी विश्व लिग खेलिरहेको बताइएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.