एसीसी अन्डर १६ इस्टर्न रिजनल च्याम्पियनसिपको नेपाल र सिंगापुरबीच जारी फाइनल खेलमा नेपालले सिंगापुरलाई एक सय ८४ रनको लक्ष्य दिएको छ। जवाफी ब्याटिङमा रहेकाे सिंगापुरकाे साताैँ विकेट पतन भएकाे छ।
नेपालका लागि प्रतिस जिसीले पहिलाे विकेट लिएका थिए भने यसपछि कुशल मल्लले १, अजय कुमार लाेहनीयाले २, सूर्य तामाङले २ तथा नारायण जाेशीले भर्खरै १ विकेट लिएका छन्।
अहिले २८ अाेभरकाे समाप्तिमा ७ विकेट गुमाउँदै सिंगापुरले १०४ रन बनाएकाे छ।
थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाउदै एक सय ८३ रन बनाएकाे थियाे। कमजोर सुरुवात गरेको नेपालले तीन रन हुदा पहिलो विकेट गुमायो। ओपनर कुशल मल्ल खाता खोल्न नपाउँदै आउट भए। त्यसपछि २१ रन हुँदा राजन मगर पनि पेभेलियन फर्किएपछि नेपालले दोस्रो विकेट गुमायो।