एसीसी अन्डर १६ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत दोस्राे खेलमा नेपाल र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्। टेर्ड थाई मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको हङकङले नेपाललाई ८३ रनकाे लक्ष्य दिएकाे छ।
अहिले नेपालले ब्याटिङ गरिरहेकेा छ। ८ अाेभरकाे समाप्तिमा नेपालले ३ विकेट गुमाएर ३० रन जाेडेकाे छ।
हङकङलाई ८२ रनमा राेक्ने क्रममा नेपाली बलर प्रतिस जिसीले सर्वाधिक ३ विकेट हात पारे। उनले ७ ओभरमा २ मेडन ओभर सहित १५ रन मात्रै खर्चिएका थिए। यस्तै अत्यन्त किफायती बलिङ गरेका अजय कुमार लुनियाले २ विकेट लिने क्रममा कुल ७ ओभर बलिङ गर्दै मात्र २ रन खर्चेका थिए। नारायण जोशी र निखिल कुमार सिंहले पनि १/१ विकेट हात पारे।
नेपालले आफ्नो पहिलो खेलमा सोमबार थाईल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। यस्तै हङकङले आफ्नो पहिलो खेलमा म्यानमारलाई हराएकाे थियो।