विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत जारी युएई र नेपालकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएको छ।
यसअघि ओपनिङमा आएका दिलीप नाथ १६ रन बनाएर आउट भए भने ज्ञानेन्द्र मल्ल ५४ रन बनाएर अाउट भएका थिए। यस्तै तेस्रो विकेटका रूपमा कप्तान पारस खड्का आउट भए। उनले ३६ बल खेलेर २० रन बनाए।
अहिले क्रिजमा शरद भेषावकर र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।
आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हाे।
हेर्नुहोस् LIVE
https://youtu.be/jFV1THQcD-w
नेपाली टाेली: ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, पारस खड्का, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी।