अर्धसतक पूरा गर्दै अाउट भए ज्ञानेन्द्र


 

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको खेलमा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गरेका छन्। उनी ५ चौका सहित अर्धसतक पूरा गर्दै ५४ रन बनाएर अाउट भएका छन्।

नेपालको पहिलो विकेटमा १६ रन बनाउँदै नेपालका दिलिप नाथ आउट भएका छन् भने क्रिजमा अहिले शरद् भेषावकर र कप्तान पारस खड्का रहेका छन्।

अहिले  २५ ओभरमा २  विकेटको क्षतिसहित नेपालले ८७  रन बनाएको छ। युएईको घरेलु मैदान, शेख जायेद रंगशालामा युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.