चार उच्च अदालतमा मुख्यन्यायाधीश सिफारिश


न्यायपरिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेको छ।

बिहीबार बसेको परिषद्को बैठकले जनकपुर, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेका हो।

बैठकको निर्णयअनुसार जनकपुरमा उदय चापागार्इँँ , तुलसीपुरमा नहकुल सुवेदी,  सुर्खेतमा हरि पोखरेल र दीपायलमा यज्ञ बस्याल मुख्य न्यायाधीशमा सिफारिश भएका हुन्।

सिफारिश भएकामध्ये सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने अन्य तीन जना विभिन्न उच्च अदालतमा न्यायाधीश थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.