भृकुटीमण्डपमा ल्होछारको रौनक,हेर्नुहोस् तस्बिरमा


नयाँ वर्ष २८५४ औं सोनाम ल्होछार तामाङ समुदायले राजधानीमा मनाएका छन्।

‘लो’ को अर्थ वर्ष तथा छार को अर्थ ‘नयाँ’ हो। तामाङ समुदायले बिहिबार विभिन्न कार्यक्रम गरी ल्होछार मनाएका हुन्। ल्होछारको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम गरियो।

कार्यक्रममा तामाङ समुदायका मानिसले आफ्नो भेषभुषामा सजिएर झाँकी तथा गीत-संगीत प्रस्तुत गरेका थिए। तामाङ समुदायले ल्होछारको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन्।

उनीहरूले एक आपसमा खानाका विभिन्न परिकारसमेत बाँडेर खाएका छन्। यो पर्वमा विशेष गरी पानी रोटीमा विभिन्न मरमसला राखी बनाएको परिकार, मासु, मदिरालगायतका खानेकुरा खाने चलन छ।

तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन्। मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदर्शनका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सोनाम ल्होछार मनाउने गरिएको जनविश्वास छ।

यसै अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

हेर्नुहोस् तस्बिरमा ल्होछारको रौनक

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.