भूकम्पपछि फेरिएको लाङटाङ (फोटोफिचर)

सुन्दर लाङटाङ।


बि.सं २०७२ मा आएको भूकम्पले रसुवा जिल्लाको लाङटाङका करीब ६० वटा घरहरु भत्किएको थियो। बिकट र पर्यटकीय क्षेत्र लाङटाङमा हिउँ पहिरोले पुरै गाउँ तहसनहस बनाउँदा सयौं मानिसको ज्यान गएको थियो।

भूकम्पले क्षति पुर्‍याएको लाङटाङमा राहत र उद्दारको लागि स्थानीयले सरकारको धेरै समय प्रतिक्षा गर्नुपरेको थियो।

आफन्त, परिवार र घर गुमाएपनि स्थानीयले भने हार मानेनन्। फेरी लाङटाङलाई उस्तै बनाउन स्थानीयले धेरै मिहेनत गरे।

आफू र पर्यटकको लागि बस्न र घुम्न योग्य बनाउन स्थानीयले आफूले जानेको सीप प्रयोग गरेका छन्।

सरकारले आफ्नो लागि केही नगरेको गुनासो भएपनि स्थानीयले आफ्नो मिहेनतले लाङटाङको मुहार नै फेरेका छन्।

पहिलाको जस्तै अहिले लाङटाङमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दो छ।

हेर्नुस् तस्वीरमा।

बिहानीको समयमा देखिएको लाङटाङ हिमाल।
केन्जिङ उपत्यकाबाट देखिएको दृश्य।
लाङटाङ खोला।
थाङस्यापमा रहेको एउटा होटल।
भुकम्पले पुरिएको लाङटाङ गाउँ नियाल्दै पर्यटक।
भूकम्पमा क्षति नपुगेको लाङटाङको एकमात्र घर।
भूकम्पपछि थाङस्यापमा पुनर्निर्माणको काम हुँदै।
भूकम्पले पुरिएको लाङटाङ गाउँ पार गर्दै पर्यटक।
भूकम्पमा पुरिएका आफन्तको सम्झनामा बनाइएको माने।
लाङटाङमा अवस्थित एक गुम्बा।
केन्जिङ उपत्यका।
आफुले फलाएको तरकारी हेर्दै एक होटल व्यवसायी।
चौरी गाईको लागि घाँस काट्दै स्थानीय।
लाङटाङबाट देखिएको मानेको दृश्य।
पुनर्निर्माण भएको लाङटाङ गाउँ।
भूकम्पले क्षति पुगेको स्थानीयको घर।
बाटोमा चर्दै गरेको खच्चड।
लाङटाङमा नयाँ बन्दै गरेको घर।
स्थानीयले आँगनमा सुकाएको मुलाको चानो।
घाम ताप्दै गितार बजाउँदै यूवा।
फेरिएको लाङटाङ।
लाङटाङ जाने बाटो।

सबै तस्वीरः बिद्या राजपुत/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.